काठमाडौं । अन्तर्राष्ट्रियस्तरको बार ट्रेनिङ प्रदान गर्ने लक्ष्यसहित काठमाडौंको पुरानो बानेश्वरमा कक्टेल एण्ड फ्लेयर एकेडेमी सञ्चालनमा आएको छ । बार ट्रेनिङको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रशिद्ध प्रशिक्षक तथा व्यवसायी गुरुप्रसाद दाहालले एकेडेमी सञ्चालनमा ल्याएका हुन् ।
बार ट्रेनिङ लिएर दक्ष बनी देश तथा विदेशको हस्पिटालिटी क्षेत्रको बारमा काम गर्न चाहने युवा तथा विद्यार्थीलाई लक्षित गरी एकेडेमी सञ्चालनमा ल्याइएको दाहालले आर्थिक आवाजलाई जानकारी दिए । ‘ग्राहकलाई आकर्षित गर्ने स्किल हामी सिकाउँछौं,’ उनले भने, ‘बोत्तल घुमाउने स्किल पनि डेभलप गरिन्छ ।’
अल्कोहल, बार तथा रेष्टुरेन्टमा काम गर्दा आवश्यक पर्ने सम्पूर्ण ज्ञान एकेडेमीमा सिकाइने दाहालले जानकारी दिए । ‘सस्तो शुल्क लिएर स्तरीय शिक्षा तथा प्राविधिक ज्ञान सिकाउन हामी तयार छौं,’ दाहालले भने, ‘देश तथा विदेशका बारमा दक्ष जनशक्तिको माग हुने गरेकाले एकेडेमीमा धेरैको आकर्षण बढ्नेमा हामी विश्वस्त छौं ।’
दक्ष जनशक्ति उत्पादन गरेर एकेडेमीले रोजगारीको ज्ञारेन्टीसमेत गर्ने उनले बताए । ‘देश तथा विदेशका पाँचतारे होटलमा काम गर्नसक्ने दक्ष जनशक्ति तयार पार्नेछौं,’ उनले भने । हस्पिटालिटी क्षेत्रमा आबद्ध हुन चाहने सबै वर्ग र क्षेत्रका युवा तथा विद्यार्थीलाई लक्षित गरी एकेडेमी सञ्चालनमा ल्याइएको उनले बताए ।
त्यसैगरी एकेडेमीले ठूला ठूला बारको सेटअप तथा म्यानेजमेन्ट, पार्टी तथा इभेन्ट गर्ने, स्टेजमा बारको ट्रेनिङ सो गर्ने काम पनि गर्ने दाहालले जानकारी दिए ।
Comments are closed.