५० लाख रुपैयाँको लागतमा बाटो निर्माण

कलैया ।

प्रसौनी गाउँपालिका–६ बेलहियादेखि प्रस्टोकासम्म ४७० मिटर ढलान बाटो निर्माण सम्पन्न भएको छ ।

प्रदेश २ सरकारको रु ५० लाखको लागतमा बाटो बनाइएको हो ।

वडा नं ६ का वडाध्यक्ष बृजकिशोर कुसवाहाले बाटो निर्माण भएसँगै आवतजावतमा सजिलो भएको बताए । रातदिन काम गरी सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष राजाबाबु अंसारीले जानकारी दिए ।

You might also like

Comments are closed.