विद्युत प्राधिकरणमा कुलमान घिसिङ नियुक्त

काडमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । प्राधिकरणमा एक कार्यकाल पुरा गरेर बिदा भएका उनलाई सरकारले पुनः उक्त पदमा नियुक्त गरेको हो । यस अगाडि केपी ओली सरकारले उनलाई निरन्तरता दिएको थिएन ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकले घिसिङलाई नियुक्त गरेको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ । उनको कार्यकालका प्राधिकरणमा धेरै सुधार भएका थिए । उनको आगमनले पनि विद्युत प्राधिकरणले फड्को मार्ने विश्वास गरिएको छ ।

सरकारले घिसिङलाई चार वर्षे कार्यकालका लागि नियुक्त गरेको हो ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.