गोदरेज इन्टेरियो किचनको शोरुम काठमाडौं टेकुमा

काठमाडौं । विश्व प्रशिद्ध गोदरेज ब्राण्डको इन्टेरियो किचनसहित फर्निचर सामग्रीको नयाँ शोरुम काठमाडौंको टेकुमा खुलेको छ । युवा व्यवसायी प्रकाश खड्काले डिलरसहित शोरुम सञ्चालनमा ल्याएका हुन् । शोरुमको मंगलबार एक कार्यक्रमबीच नायिक ऋचा शर्माले उद्घाटन गरिन् ।

राजधानी काठमाडौंसहित आसपासका क्षेत्रमा सेवा प्रदान गर्ने गरी शोरुम सञ्चालनमा ल्याइएको बताइएको छ । गोदरेजको मोडुलर किचनसहित फर्निचर सामग्रीहरु नेपाली बजारमा लोकप्रिय रहेको कम्पनीले जनाएको छ । किचनमा आवश्यक पर्ने सम्पूर्ण फर्निचर सामान पाइने हुँदा धेरैको रोजाईमा गोदरेज ब्राण्ड परेको बताइएको छ ।

नेपाली उपभोक्ताको माग अनुसारको गुणस्तरीय सामान कम्पनीले नेपाली उपभोक्तामाझ पुर्याउन सफल रहेको नेपालको आधिकारिक बिक्रेता एसपि इन्टेरियो सोलुसनका अध्यक्ष सुमन केसीले बताए । विभिन्न अत्याधुनिक ६ प्रकारका सेगमेन्ट (स्टिल बेस किचन, मरिन प्लाई, एमडिएफ, पियु, टोफन ग्लोजी (सिआर), स्टिल अफ फ्यान्टासिया) मा अन्तर्राष्ट्रिय प्रविधिबाट गोदरेजको किचन तथा फर्निचर सामग्री तयार हुन्छ ।

घर तथा अफिसलाई आकर्षक बनाउन विभिन्न कलाको प्रयोग गरी आकर्षक तथा आधुनिक डिजाइनका फर्निचर तयार हुने केसी बताउँछन् । ‘स्वास्थ्यका हिसाबले पनि अनुकुल हुने गरी फर्निचर तथा किचन सामग्री तयार हुन्छ,’ उनले भने । कार्यालय प्रयोजन, विभिन्न परियोजनाहरु, स्वास्थ्य सेवा तथा ल्याबमा आवश्यक पर्ने उत्कृष्ट फर्निचर गोदरेजले नेपाली बजारमा उपलब्ध गराइरहेको छ । पर्यावरण अनुकुल सामग्री प्रयोग, वातावरण प्रदुषण कम गर्ने तथा पर्यावरण अनुकुल प्याकेजिङ यसका विशेषता हुन् ।

गोदरेजका इन्टेरियो किचन तथा फर्निचर सामग्रीहरु अत्याधुनिक अन्तर्राष्ट्रिय प्रविधिको प्रयोगबाट बन्ने कम्पनीले जनाएको छ । ‘युरोपियन स्ट्याण्डर्डका किचन तथा फर्निचर सामग्री नेपाली बजारमा भित्र्याउन सफल भएका छौं,’ केसीले भने, ‘युरोपियन देशहरुको स्ट्याण्डर्डमा भित्रिएका किचन सेटले नेपाली घरहरुमा आधुनिकता झल्काउने काम गरेको छ ।’

विश्वविख्यात गोदरेज कम्पनीको ब्राण्ड भएकाले १५ वर्षको पूर्ण वारेन्टी रहेको अध्यक्ष सुमन केसी बताउँछन् । ३०४ ग्रेडको ज्ञाल्भनाइज्ड स्टिललाई इपोक्सी पोलिस्टर पाउडरले कोटिङ गरिएकाले खिया, फुन्सी, आगो तथा पानीले असर नगर्ने, ओशिलो वातावरण रहेको किचन कोठामा पनि सुरक्षित, आकर्षक फिनिसिङ यसका विशेषता हुन् ।

किरा, साङला, धमिराबाट पूर्णरुपमा सुरक्षित रहनुका साथै मर्मत तथा संहार गर्न सजिलो तथा कम खर्च लाग्ने हुँदा यो किचन प्रयोग गर्न केसीको सुझाव छ । ‘१५ वर्षसम्म कम्पनीले मर्मत सुविधा दिने र लामो समयसम्म टिकाउ हुने हुँदा यो किचन अन्य किचन भन्दा धेरै सस्तो पर्न जान्छ,’ उनले भने । अहिलेसम्म बजारमा चलिरहेको लेटेस्ट टेक्नोलोजी गोदरेजको यो ब्राण्डमा प्रयोग भएको केसी बताउँछन् । ५० भन्दा बढी रिफरेन्स कलरमा ग्राहकले किचन तथा फर्निचर सामग्री रोज्न पाउँछन् ।

गोदरेज इन्टेरियो भारतको एक उत्कृष्ट तथा अग्रणी फर्निचर ब्राण्ड हो । फर्निचरका क्षेत्रमा भारतको सबैभन्दा ठुलो घर डिजाइनको टिमले कम्पनीको नेतृत्व गरिरहेको छ । गोदरेज इन्टरियोको म्यानुफ्याक्चरिङ सेवाहरु भारतको मुम्वई, हरिद्वार, शिरवल र भगवानपुरमा छन् । जिआई शिरवल प्लान्ट ग्रिनको प्लेटिनम सर्टिफाइड हो भने मुम्वई प्लान्ट ग्रिनको गोल्ड सर्टिफाइड हो । जिआईसँग ग्राहकको लागि हरियो विकल्पहरुको फराकिलो दायरा छ । यस उत्पादन मात्र नभई ग्रिन इन्टेरियर्स र रिसाइक्लिङको व्यवस्था छ । गोदरेजको हालसम्म भारतका ६५० भन्दा धेरै शहरमा २५० शोरुम र ८०० डिलर छन् । गोदरेज कम्पनीका १६ डिभिजन छन् । गोदरेज इन्टेरियो एउटा महत्वपूर्ण डिभिजन हो ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.