शुक्लागण्डकीका महिला उद्यमीलाई लेखनाथमा स्वागत

लेखनाथ । विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकनमा निस्किएको शुक्लागण्डकी उद्योग वाणिज्य संघका महिला उद्यमी  विकास समितिको भम्रण टोलीलाई बिहीबार लेखनाथमा स्वागत गरिएको छ । विभिन्न संघहरुको गतिविधिका बारेमा जानकारी लिने उद्देश्यले निस्किएको भ्रमण टोलीलाई लेखनाथ उद्योग वाणिज्य संघले स्वागत तथा छलफलको कार्यक्रम राखेर एक आपसमा अनुभव साटासाट गरेको हो ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले महिलाहरुको हातमा आर्थिक अधिकार नहुँदा महिलाहरु प्छि परेको प्रसंग उठाउदै महिलाहरु आर्थिक रुपमा सक्षम हुन उद्यममा लाग्नुपर्नेमा जोड दिए ।

सोही अवसरमा शुक्लागण्डकी उद्योग वाणिज्य संघका महिला उद्यमी विकास समितिका अध्यक्ष तथा भ्रमण टोलीका संयोजक तुलसी कुमारी श्रेष्ठले दुई संघबीच सहकार्य गर्दै अगाडि बढ्ने र एक आपसका अनुभव साटासाट गरि कसरी महिलाहरुलाई व्यावसायिक बनाउन सकिन्छ भन्ने बारेमा भ्रमण केन्द्रित भएको धारणा राखेका थिए ।

jutta mela

कार्यक्रममा शुक्लागण्डकी उद्योग वाणिज्य संघका महिला उद्यमी विकास समितिकी उपाध्यक्ष सुजिता हिराचनले समाज परिवर्तन र महिलाहरुको जीवनस्तर उकास्न महिलाहरुले सिप सिकेर व्यावसायिक बन्नुपर्ने सुझाव राखेका थिए । लेखनाथ उद्योग वाणिज्य संघकी कोषाध्यक्ष जानुका अधिकारीले दुई संघका विच भातृत्व र भाइचाराको सम्वन्ध रहेको र आगामी दिनमा यसलाई अझ बढि प्रभावकारी बनाउन कार्यगत एकताको खाचो रहेको आवश्यकता औल्याएका थिए ।

लेखनाथ उद्योग बाणिज्य संघ महिला उद्यमी परिचालन उप समितिकी संयोजक मेनुका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सघकी कार्यसमितिकी सदस्य इन्दिरा रोक्काले गरेकी थिइन्् ।

You might also like

Comments are closed.