पोखरा औद्योगिक क्षेत्रमा खोप अभियान

पोखरा । पोखरा औद्योगिक क्षेत्रमा रहेका उद्यमी व्यवसायी र मजदुरहरुलाई औपचारिक रुपमा कोभिड विरुद्धको खोप लगाउने कार्य सुरु भएको छ । औद्योगिक क्षेत्र भित्र खोप केन्द्र स्थापना गरी खोप लगाउन थालिएको हो ।

औद्योगिक क्षेत्रमा रहेको खोप केन्द्रको निरीक्षणमा पुगेका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले पोखरा आद्योगिक क्षेत्रको वस्तुस्थितीको बारेमा समेत जानकारी लिएका छन् ।
औद्योगिक क्षेत्र रहेका व्यवसायी र मजदुरलाई क्रमशः सबैलाई खोप लगाउने बताउँदै मन्त्री शर्माले व्यवसाय आमजीवन सँग जोडिने विषय भएकाले हामीले प्राथमिकता बताएका छन् । त्यसै गरी कानुन मन्त्री थापाले औद्योगिक क्षेत्रले आपत्तको समयमा अति आवश्यक खाद्य तथा अक्सीजन जस्ता सामाग्री उत्पादन गरेकोमा धन्यवाद ज्ञापन गर्दै उद्योगी व्यवसायीहरुको पिर मर्का बुझ्नो काम राज्यले गर्नु पर्ने बताएका छन् ।

पोखरा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष सुरेशबहादुर श्रेष्ठले खोप अभियान सुरुवात भएकोमा खुसी व्यक्त गर्दै उद्योग क्षेत्रको विकासमा गण्डकी प्रदेश सरकारले थप ध्यानदिनपर्नेु बताएका थिए । त्यसै गरी पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोर्कण कार्कीले वर्तमान सरकारले विषयगत रुपमा खोपको व्यवस्थापन गरी उद्यमी व्यवसायी र मजदुरहरुको हौसला बढाएकोमा आभार व्यक्त गरेका थिए ।

कोभिड १९ को महामारी चलिरहँदा पनि औधोगिक क्षेत्रको गतिविधी सुरक्षित तरिकाले सञ्चालन भईरहेको र पूर्व सावधानीको लागि खोप कार्यक्रमले मजदुर तथा व्यवसायी, कर्मचारीहरु उत्साही भएको कायममुकाम क्षेत्र प्रबन्धक भूषण कुमार उपाध्यायले जानकारी गराए ।
करिब तिन हजारको हाराहारीमा उद्यमी व्यवसायी र मजदुरहरु रहेको औद्योगिक क्षेत्रमा शुक्रबार १ हजार जनालाई खोप लगाईएको हो ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.