होटल साम्बालाले सुरु गर्‍यो जुम रुम

काठमाडौं । बदलिदों परिस्थितिलाई मध्यनजर गर्दै र बजारमा भर्चुअल व्यवस्थाको मागलाई सम्बोधन गर्नको लागि काठमाडौको चक्रपथ स्थित होटल साम्बालाले जुम रुमको व्यवस्था गरेको छ ।

विभिन्न कन्फ्रेस लगायत मिटिङहरू स्वास्थ्यको मापदण्ड पालना गर्दै सम्पन्न गर्नको लागि हाइब्रिड सेट अप व्यवस्था गरिएको जुम रुम सञ्चालनमा ल्याएको हो, जसमा भर्चुअल र भौतिक दुबै रुपमा कार्यक्रम सम्पन्न गर्न सकिन्छ ।

यस मिटिङ रुममा भौतिक रुपमा उपस्थित पनि हुन सकिन्छ भने आफ्नो डेस्कटप, मोबाइल अथवा अन्य कुनै डिभाइसबाट जुम मार्फत मिटिङ रुममा सहभागी पनि हुन सकिन्छ ।

भौतिक रुपमा सम्पन्न हुने कार्यक्रममा पनि सामाजिक दुरी कायम राख्दै स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गर्दै सो रुम तयार गरिएको छ । यस मिटिङ रुममा एडभान्स प्रविधि प्रयोग गरिएको छ जहाँ हाई क्वालिटि स्पिकर फोन, अल इन वान क्यामेरा र अप्सनल एक्सपानसन माइक्रोफोन लगायतका उपकरणहरू प्रयोग गरिएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.