केआइइसी प्रालि १६ औं वर्षमा प्रवेश

काठमाडौं । केआइइसी प्रा.लि. आजबाट १५ वर्ष पुरा गरी १६औं वर्ष प्रवेश गरेको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको कम्पनीले वार्षिकोत्सवको अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, कर्मचारी, युनिभर्सिटी, कलेज लगायत शुभेच्छुक सम्पूर्णमा आभार व्यक्त गरेको छ ।

विद्यार्थीबाट प्राप्त माया र विश्वासकै कारण कम्पनीले सफलता प्राप्त सफल भएको फाउन्डर तथा सिइओ राजेन्द्र रिजालले बताए । काठमाडौंको डिल्लीबजारमा प्रधान कार्यालय रहेको कम्पनीको शाखा कार्यालयहरु कलंकी, ललितपुर, पोखरा, बुटवल, चितवन, विगरगन्ज, बिराटनगर, इटहरी र बिर्तामोडमा छन् । अन्तर्राष्ट्रिय कार्यालय अष्ट्रेलियाको सिड्नीमा छ ।

यसैबीच, कम्पनीले वार्षिकोत्सवको अवसरमा आजबाट साताव्यापी कार्यक्रम गर्दैछ । कम्पनीको प्रधान कार्यालयमा साता व्यापी कार्यक्रम गरी वार्षिकोत्सव मनाइने रिजालले जानकारी दिए ।

अष्ट्रेलिया, युके, युएसए, क्यानडा, न्युजिल्याण्ड, आयरल्याण्ड लगायतका देशमा जान चाहने विद्यार्थीलाई प्रा.लि.ले परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । आयल्स लगायतका तयारी कक्षा पनि हुँदै आइरहेको छ । ‘सर्टिफाइड काउन्सिलरबाट परामर्श सेवा प्रदान गर्दै आइरहेका छौं,’ रिजालले भने ।

You might also like

Comments are closed.