शुक्रबार एब्रोड स्टडी एड्मिशन डे हुने

पोखरा । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै एक्सेस एजुकेशन नेटवर्कको आयोजनामा पोखरामा ‘एब्रोड स्टडी एड्मिशन डे’ आयोजना हुने भएको छ । असोज १५ गते शुक्रबार शिद्धार्थ चोक स्थित रुपाकोट कम्प्लेक्समा रहेको कम्पनीको कार्यालयमा कार्यक्रम हुने आयोजकले बताएका छन् ।

बिहान ११ बजे देखि ३ बजे सम्म चल्ने कार्यक्रममा अष्ट्रेलिया, क्यानडा र यूकेका १५ भन्दा बढि विभिन्न कलेज तथा यूनिभर्सिटीका प्रतिनीधिले विद्यार्थीहरुलाई सहजीकरण गर्नेछन् । प्रत्यक्ष रुपमा हुने एड्मिशन डे विशेष सो कार्यक्रममा विद्यार्थीले सम्बन्धित देश र कलेज तथा यूनिभर्सिटीको कोर्षहरुको बारेमा जानकारी लिन सक्नेछन् ।

‘कार्यक्रममा विद्यार्थीले आफूले चाहेको विषयकेन्द्रित सवालहरुको उत्तर पाउनेछन् । साथसाथै विद्यार्थीले सम्बन्धित देश अध्ययनका लागि जान आवश्यक प्रकृया र अध्यागमन नीतिको बारेमा विस्तृतमा जानकारी लिन सक्नेछन् ।’ एक्सेस एजुकेशन नेटवर्क पोखराका शाखा प्रमुख राजन भण्डारीले भने–‘विद्यार्थीहरुले प्रतिनीधिहरुसँग प्रत्यक्ष रुपमा भेटेर फस्ट ह्याण्ड इन्फरमेशन लिन पाउने भएकाले यो कार्यक्रम उनीहरुका लागि अझै लाभदायक हुनेछ ।’

सो कार्यक्रममा सहभागी हुने कलेज तथा युनिभर्सिटीहरुले विद्यार्थीहलाई लक्षित गर्दै छात्रवृत्ति प्याकेज पनि सार्वजनिक गर्ने बताइएको छ ।

एक्सेस एजुकेशन नेटवर्कले बिगत १६ बर्ष देखि बैदेशिक अध्ययनका लागि जान चाहने बिद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै आईरहेको छ।

You might also like

Comments are closed.