कंगारु एजुकेशनको ‘अल नेपाल रोड सो’मा ३१०० विद्यार्थी सहभागी

आर्थिक आवाज
पोखरा, ४ मंसिर । कंगारु एजुकेशन फाउण्डेशनले आयोजना गरेको कंगारु एजुकेशन फेयर अल नेपाल रोड शो मंगलबार पोखरामा कार्यक्रम गरी सम्पन्न भएको छ । वैदेशिक शिक्षा अध्ययन गर्न जान चाहने पोखरा र यस वरपरका विद्यार्थीहरुलाई लक्षित गरी गरिएको पोखराको शैक्षिक मेलाको उद्घाटन नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र कंगारुका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले गरेका थिए ।
मेलामा अस्ट्रेलिया, न्यूजिलेण्ड, क्यानडा, अमेरिका र यूरोपका गरी २१ वटा प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुको सहभागिता रहेको कंगारु एजुकेशन फाउण्डेशन पोखराका निर्देशक टि.आर. काफ्लेले बताए । ‘३ सय जना भन्दा बढीले पोखराको मेला अबलोकन गरेका छन्,’ उनले भने ।

कात्तिक २९ गते बिहिबार पूर्व झापाको विर्तामोडबाट शुरु भएको एजुकेशन फेयर कात्तिक ३० र मंसिर १ गते कंगारुको केन्द्रीय कार्यालय काठमाडौंमा, मंसिर २ गते चितवन, मंसिर ३ गते बुटवल र मंसिर ४ गते पोखरा चिप्लेढुगांस्थित कंगारुको कार्यालय परिसरमा फेयर गरी यस पटकको कंगारु एजुकेशन फेयर अल नेपाल रोड शो समापन गरिएको कंगारुका संस्थापक एबं प्रमुख कार्यकारी अधिकृत महेश बाबु तिमल्सिनाले बताए ।

देशका विभिन्न ५ स्थानमा आयोजित यो पटकको फेयरमा करिब ३१०० विद्यार्थी र अभिभाबकको सहभागिता रहेको थियो । फेयरमा सहभागी विद्यार्थीलाई पछि पनि विशेष छुटको व्यबस्था गरेको प्रमुख कार्यकारी अधिकृत तिमल्सिनाले बताए ।

जहाँ विद्यार्थी त्यहीँ जानकारी भन्ने मान्यताका साथ स्थानीय ठाउँमै विभिन्न देशका २१ विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुसगं विद्यार्थी र अभिभावकलाई प्रत्यक्ष भेट गराई त्यहाँको शैक्षिक प्रणाली, विद्यार्थीलाई दिइने सुविधा, काम गर्न पाउने अधिकार, पढ्ने विषय, पढाइ पछिको अवसरका विषयमा पुर्ण जानकारी दिइएको कंगारु एजुकेशन फाउण्डेशनका निर्देशकसुष्मिता पराजुलीले बताइन् ।

मेला अवलोकनमा गएका सम्पूर्ण विद्यार्थी र अभिभावकहरुले कलेज विश्वविद्यालय छनौटदेखि परिपक्व डकुमेन्टेसन मार्पmत एड्मिसन र भिजाका सम्बन्धमा पनि परामर्श लिएकोे बताइएको छ । यो मेलामा आइ.डी.पी तथा नेपाल एस.वी.आई बैंकको पनि सहभागीता रहेकाले विद्यार्थी तथा अभिभावकहरुले अँङ्गेजी भाषा परीक्षा आइलटिएस तथा शैक्षिक कर्जा सम्बन्धी समेत जानकारी लिएको कंगारु एजुकेशन फाउण्डेशन पोखराका एसोसियट निर्देशक बबिता पराजुलीले बताइन् । प्रवेश निःशुल्क रहेको यो मेलामा सहभागी सबैलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.