काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लि को आयोजनामा “बीमा दाबी ब्यस्थापन सरलिकरण तथा सहजिकरण” बिषयक अन्तरक्रिया सम्पन्न भएको छ । दाबी प्रक्रियालाई सरल, छिटो छरितो तवरले दाबी फछ्र्यौट गरी आम जनमानसमा बीमाको आवश्यकता र अपरिहार्यता महसुस हुने गरी स्वःस्फुर्त रुपमा बीमा साक्षरता समेत बृद्धि हुन्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै कार्यक्रम गरिएको बताइएको छ ।
कार्यक्रममा बीमा कम्पनीका दाबी विभागका कर्मचारीहरु तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता थियो । कार्यक्रममा बीमा समितिको तर्फबाट उप निर्देशक विरोध भट्टको उपस्थिति थियो । सर्भेयरहरुको तर्फबाट अध्यक्ष सूर्य प्रसाद जोशी र शिव चन्द शाखःले दाबी व्यवस्थापन सरलीकरण तथा सहजिकरणको विषयमा आफ्नो प्रस्तुती दिएका थिए ।
दाबी भुक्तानीका लागि बीमा कम्पनीका कर्मचारी र सर्भेयर मिलेर अगाडी बढ्नु पर्नेमा बीमा समितिका उप निर्देशक भट्टको जोड थियो । बीमा कम्पनीले जति धेरै दाबी भुक्तानी गर्यो त्यति नै राम्रो हुने बताइएको छ ।
Comments are closed.