देशमै रोजगारी सिर्जना गर्नुपर्छ : मन्त्री श्रेष्ठ

कलैया । श्रम रोजगार एवं सामाजिक विकासमन्त्री किसान श्रेष्ठले रोजगारी आफ्नै देशमा सिर्जना गर्ने गरी आफूले मन्त्रालयको कामको थालनी गरिसकेको बताएका छन् ।

बाराको कलैयामा बुधबार नेकपा (एकिकृत समाजवादी) पार्टीको प्रचार विभागद्वारा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले श्रमिकका लागि बारा, पर्सालाई केन्द्रमा राखी सुविधा सम्पन्न अस्पतालको निर्माण गर्ने लक्ष्य लिएको बताए ।

jutta mela

अब पनि श्रमिकलाई दुःखको सामना गर्नु नपरोस् भन्ने अभिप्रायका साथ ठोस् नीति निर्माण गरी उनीहरुको हकहितको संरक्षण गर्नुपर्नेमा उनले जोड दिए ।

प्रचार विभागका प्रमुख रमेश सुवेदीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका मन्त्री श्रेष्ठले निर्वाचनसम्म कुनै पनि हालतमा पाँच दलिय गठबन्धन कायम रहनेमा आफू आशावादी रहेको बताए । रासस

You might also like

Comments are closed.