काँग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधिका लागि बरालको उम्मेदवारी घोषणा

पोखरा । नेपाली काँग्रेसको आसन्न महाधिवेशन अन्तर्गत कास्कीमा हुने प्रदेश महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा कल्पना बराल (सापकोटा)ले उम्मेदवारी घोषणा गरेकी छन् ।

समाजसेवी तथा महिला उद्यमी बरालले क्षेत्र नं. २ ‘ख’ का लागि खुल्ला महिलातर्फ उम्मेदवारी सार्वजनिक गरेकी हुन् । ‘पार्टी सुदृढीकरण सवल र सक्षम नेतृत्वका लागि मेरो उम्मेदवारी’ नाराका साथ बरालले उम्मेदवारी घोषणा गरेकी हुन् ।

jutta mela

सम्पूर्ण मतदाताबाट अत्याधिक मत प्राप्त गर्नेमा आफू विश्वस्त रहेको बरालले बताइन् ।

You might also like

Comments are closed.