सोमबार सामान्य अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ७.९० अंकले उकालो लागेर २ हजार ७६५.४३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२१ अंकले उकालो लागेर ५१९.४६ मा पुगेको छ ।

नेप्से परिसूचक झिनो अंकले बढे पनि कारोबार रकम भने ओरालो लागेको छ । कूल २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता शेयर तीन अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ रुपैयाँमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये सोमबार पाँच उपसमूहको शेयर ओरालो लाग्यो भने आठ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ २.८९, व्यापार १५.८३, होटल तथा पर्यटन १४९.७६, जलविद्युत् १०.९२, निर्जीवन बीमा ९९.४८, अन्य २७.६५, सामूहिक लगानी कोष ०.०६ र लगानी ०.७२ अंकले उकालो लाग्यो ।

यस्तै, विकास बैंक ३४.९९, वित्त २३.२९, उत्पादन २४.९१, लघुवित्त १४.५७ र जीवन बीमा ७.०८ अंकले ओरालो लाग्यो ।

सोमबारको कारोबारपछि बजार पूँजीकरण ३८ खर्ब ८९ अर्ब ६० करोड ७० लाख ६९ हजार ६८५ रुपैयाँमा सीमित भएको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ३४ करोड ४१ लाख २५ हजार ५०२ रुपैयाँ बराबरको कारोबार भयो ।

त्यस्तै, दूरसञ्चार कम्पनी २९ करोड १८ लाख ६७ हजार ४०६ रुपैयाँ, अरुण काबेली पावर १४ करोड ८७ लाख ६७ हजार ९३ रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावर १४ करोड २७ लाख ८३ हजार ४३ रुपैयाँ र नबिल बैंक १२ करोड ४८ लाख ४५ हजार ७ सय ६७ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

मानुषी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लाग्दा चन्द्रागिरि हिल्स ९.७५, एनआइबिएल प्रगति फन्ड ६.७६, खानीखोला हाइड्रोपावर ५.०३ र नेपाल इन्सुरेन्स कम्पनीका लगानीकर्ताले ४.०८ प्रतिशतले कमाए ।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक ३.७०, रिलायन्स फाइनान्स ३.०६, तेह्रथुम पावर कम्पनी २.६०, साना किसान विकास बैंक १.९८ र गुह्यश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले १.९५ प्रतिशतले गुमाए ।

You might also like

Comments are closed.

Secret Link