काठमाडौं । सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला ९३ हजार ३ सय रुपैयाँ तोकिएको थियो ।
त्यस्तै मंगलबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार २ सय ३५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔँस एक हजार ७ सय ९२ डलर आसपास कारोबार भइरहेको छ ।
Comments are closed.