काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको सद्भावना दुत (ब्राण्ड एम्बेसेडर) मा मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगको सम्झौतालाई निरन्तरता दिएको छ । कम्पनीको स्थापना कालदेखि नै ब्राण्ड एम्बेसेडरमा महजोडी सिटिजन लाइफसँग आवद्ध थिए ।
सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल तथा मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको हस्ताक्षर गरेका छन् । सम्झौतापछि ब्राण्ड एम्बेसडर महजोडीले सिटिजन लाइफका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रबद्र्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरुमा निरन्तरता दिनेछन् ।
हस्ताक्षर समारोहमा कलाकारद्वय श्रेष्ठ र आचार्यले नेपालीहरुको जीवन बीमा गराएर उनीहरुको जीवन सुनिश्चित गरि पुण्यको काम गर्ने, सरल तथा सुलभ सेवा पु¥याउन र नवीनतम योजनाहरु ल्याउन सदैव अग्रणीे सिटिजन लाइफ इन्स्योरेन्स जस्तो संस्थाको ब्राण्ड एम्बेसेडर हुन पाएकोमा आफूहरुले गौरवान्वित महशुस गरिरहेको बताए । जीवन बीमा सेवालाई हरेक नेपालीको पहुंचमा पु¥याई सबैभन्दा विश्वासिलोे र ग्राहकवर्गको पहिलो रोजाइको जीवन बीमा कम्पनी बन्ने उद्देश्यमा सधैँ साथ दिने प्रतिवद्दता जनाएका छन् ।
यसै क्रममा व्यावसायिक करोवार शुरुवात गरेको छोटो समयमा नै देशभर स्थापना गरिएका १४० भन्दा बढी शाखा र उपशाखा कार्यालयहरु मार्फत आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकवर्गलाई गुणस्तरीय सेवा प्रदान गरिरहेकामा सिटिजन लाइफलाई बधाई दिए ।
साथै देशभरी रहेका सिटिजन लिडरहरुले बीमा दुतको रुपमा समाजमा पु¥याएको योगदानको कदर गर्दै उनीहरुलाई धन्यवाद पनि व्यक्त गरे ।
Comments are closed.