गोल्ड स्टार जुत्ताको शो–रुम पोखरामा

पोखरा, २७ मंसीर

गोल्ड स्टार जुत्ताको आधिकारिक शोरुम पोखरामा खुलेको छ । पुरानो पुस्तादेखि लोकप्रिय ब्राण्ड गोल्ड स्टार जुत्ताको आधिकारीक सोरुम पोखरामा संचालनमा आएको हो । यो शोरुम नेपालको २५ औं शाखा र गण्डकी प्रदेशको पहिलो शाखा हो । अनौपचारिक रुपमा सञ्चालनमा आइसकेको उक्त शोरुमको आउँदो पुष २ गते नेपाली चलचित्रका नायक सलोन बस्नेत र नायिका वर्षा राउतले संयुक्त रुपमा उद्घाटन गर्ने विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

पोखरा क्षेत्रमा आम उपभोक्ताहरको माग अनुसार सोरुम संचालनमा ल्याएको गोल्ड स्टारका मार्केटिङ अफिसर रेशम भण्डारीले बताए । नेपालमा उत्पादन भएका गोल्डस्टारका विभिन्न प्रकारका जुत्ताहरु आम उपभोक्ताहरुलाई सहज ढंगले उपलब्ध गराउने उद्धेश्यले गण्डकी प्रदेशकै पहिलो सोरुम पोखरामा स्थापना गरिएको उनको भनाई छ ।

पोखरामा ईभेन्ट म्यानेजमेन्टको काम गर्दै आएका स्वस्तिका केसी, राजन केसी र सुरज श्रेष्ठको संयुक्त लगानी रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाली उत्पादन गोल्डस्टारलाई अझ बढी प्रयोगमा ल्याउनको लागि र पोखरा क्षेत्रमा माग बढी भएकोले आफुहरुले उक्त सोरुम पोखराको सिद्धार्थचोकमा स्थापना गरेको संचालक मध्यका एक राजन केसीले जनाए । उनका अनुसार ५० लाखको लगानीमा उक्त सोरुम स्थापना गरिएको छ ।

सामान्यतया २ सय देखि २ हजार २ सय मुल्य पर्ने विभिन्न साईज र रंगमा गोल्डस्टार जुत्ता सोरुममा उपलब्ध हुने संचालक स्वस्तिका केसीले बताईन् । आफूलाई पनि गोल्ड स्टार जुत्ता मन पर्ने भएकाले त्यसैको जुत्ता शोरुम खोलेको बताउँदै उनले भनिन् ‘हामीलाई स्वदेशी उत्पादन बढी मन पर्ने भएकोले गर्दा हामी तीन जनाले नेपाली उत्पादनलाई प्रोत्साहन गर्न पनि सोरुम सञ्चालन गरेका हौं ।’

उद्घाटनको अवसरमा तीन दिन गोल्डस्टार जुत्ता खरिदमा १० प्रतिशत बिषेश छुटको व्यबस्था गरेको अर्का सञ्चालक सुरज श्रेष्ठले जानकारी दिए ।

गोल्ड स्टार जुत्ताका मार्केटिङ अफिसर रेशम भण्डारीका अनुसार बार्षिक रुपमा नेपालमा गोल्डस्टारका एक करोड ५० लाख थान जुत्ता उत्पादन हुने गरेको छ । वार्षिक करीब ५ अर्ब बराबरको गोल्डस्टार जुत्ताको कारोवार हुने बताईन्छ । भारत, चीन र भियतनामबाट कच्चा पदार्थ आयात गरी नेपालमा उत्पादन हुने उक्त जुत्ता गुणस्तरिय भएका कारण नेपालीहरु पुगेका अधिकांश देशहरुमा यसको बिक्रि हुने गरेको मार्केटीङ अफिसर भण्डारीले उल्लेख गरे । कम्पनीमा ३ सय कर्मचारी रहेको बताउँदै उनले उक्त उद्योगबाट ४ हजार श्रमिक लाभान्वित भएको दाबी गरे ।

lcci
You might also like

Comments are closed.