कैदीबन्दी महिलालाई सेनिटरी प्याड

 

झापा । झापा कारागारका कैदीबन्दी महिलालाई  सेनिटरी प्याड वितरण गरिएको छ । विर्तामोडकी कृष्टिना प्रसाईँले जन्मदिनका अवसरमा कारागारमा रहेका ७७ महिलालाई सेनिटरी प्याड वितरण गरेकी हुन् ।

जन्मदिनमा गरिने अनावश्यक खर्च कटौती गरेर कैदीबन्दी महिलालाई एक वर्षसम्म पुग्ने गरी ९२४ प्याकेट सेनिटरी प्याड वितरण गरिएको छ ।

प्याड वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, कारगार प्रमुख सावित्रा बस्नेत कार्कीको समेत उपस्थिति थियो । सोही अवसरमा उनका बुवा समाजवेसी श्याम प्रसाईँले महिला कारागारमा एक हजार लिटर क्षमताको पानीट्याङ्कीसमेत राखिदिने घोषणा गरेका छन् । पानीट्याङ्की अभावमा कैदीबन्दी महिलाले पानीको समस्या भोग्दै आएका छन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.