आठौं वार्षिकोत्सव मनाउँदै सेल्सवेरी, फागुनभर विशेष छुट अफर

काठमाडौं । सेल्सबेरी डिपार्टमेन्टल स्टोर्सले आठौं वार्षिकोत्सवको अवसरमा आकर्षक छुट अफर ल्याउने भएको छ । फागुन १ गते सेल्सबेरी स्थापनाको ८ वर्ष पुरा हुँदैछ ।

वार्षिकोत्सवको अवसरमा सेल्सबेरीले फागुन महिनाभर लागु हुने गरी आकर्षक अफर ल्याउने तयारी गरेको चिफ बिजनेस अफिसर चेतनारायण पौडेलले जानकारी दिए । ‘हाम्रा ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै आकर्षक अफर ल्याउनेछौं,’ उनले भने । अफर छिट्टै सार्वजनिक हुने पौडेलले जानकारी दिए ।

सेल्सवेरी ग्रुप अन्तर्गत सञ्चालित सम्पूर्ण स्टोर्सहरुमा अफर लागु हुनेछ । ग्रुप अन्तर्गत अहिले पोखरा र काठमाडौंका विभिन्न ठाउँमा आधुनिक सुपरमार्केटहरुबाट सेवा प्रदान भइरहेको छ ।

सन् १९९३ मा पोखराको चिप्लेढुंगाबाट खाद्य पसलका रुपमा व्यावसायिक यात्रा सुरुवात गरेको सेलवेज डिपार्टमेन्टल स्टोर्स सन् २००४ बाट काठमाडौं प्रवेश गरेको हो । सेलवेज सन् २०१४ बाट सेल्सबेरी नामबाट पनि सञ्चालनमा आएको हो ।

काठमाडौंमा सातदोबोटो, सीतापाइला, महाराजगन्ज, चक्रपथ, झम्सीखेल, बत्तिसपुतली, इमाडोल, कोटेश्वर, लोकन्थली, नयाँबस्ती, पेप्सीकोला, मुलपानी, मैजुबहाल, ककनी, सुकेधारा, हात्तीगौंडा, धापासी, पुरानोबानेश्वर, बनेपा, बालुवाटार, भक्तपुर, भैसेपाटीबाट सेल्सवेरीले सेवा प्रदान गर्दै आइरहेको छ । पोखरामा चिप्लेढुंगा, लेकसाइड, बिरौटा, भद्रकाली, बगर, शान्तिनगरबाट सेलवेजले सेवा प्रदान गरिरहेको छ ।

यसैबीच सेल्सवेरीको आयोजनामा मेड इन नेपाल अभियान जारी छ । माघ १ गतेबाट सुरु भएको यो अभियान फागुन ३० सम्म जारी रहनेछ ।

lcci
You might also like

Comments are closed.