आर्थिक आवाज
पोखरा, १ पुस । पोखरामा राष्ट्रिय स्तरको क्लव लिग भलिवल प्रतियोगिता आजबाट हुने भएको छ । पोखरा रंगशालामा चौथो राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी बल (एपीएफ), नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सहित ८ टिमको सहभागीता रहनेछन् । प्रतियोगितामा हेल्प नेपाल स्पोर्टस क्लब काठमाडौं, मणिमुकुन्द भलिबल क्लब रुपन्देही, जवलाखेल भलिबल टे«निङ सेन्टर, ढोरपाटन स्पोर्ट्स क्लब काठमाडौं र नयाँ बजार स्पोर्टस क्लब काठमाडौं सहभागी हुने छन् ।
प्रतियोगितामा प्रत्येक टिमले ७ खेल खेल्ने र सबैभन्दा बढी अंक प्राप्त गर्ने २ टीमले उपाधिका लागि फाइनल खेल्ने जनाइएको छ । प्रतियोगिताका लागि दुई क्लबले विदेशी खेलाडी भित्राएको जनाएका छन् । प्रत्येक टीमले ३÷३ जना विदेशी खेलाडी भित्राउन पाउने प्रावधान अनुसार हेल्प नेपाल स्पोर्टस क्लब काठमाडौं र नयाँबजार स्पोर्टस क्लब काठमाडौंले ३–३ जना भारतीय खेलाडी भित्रयाएको नेपाल भलिबल संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष यमबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार अनुबन्धित खेलाडी भारतका राष्ट्रिय स्तरका खेलाडी हुन् । प्रतियोगितामा आयोजकको टिम भने समावेश नरहेको जनाइएको छ । प्रतियोगिताको उपाधि बिजेताले २ लाख, उप बिजेताले एक लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक राजकुमार गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा तृतीय हुने क्लवले ५० हजार र चौथो हुने क्लबले २५ हजार प्राप्त गर्ने उनले बताए ।
Comments are closed.