काठमाडौं । बतास समूहले सञ्चालन गरिरहेको पशुपती धर्मशाला सञ्चालनमा रोक नलगाउन अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनले आइतबार उक्त आदेश जारी गरेको हो ।
पशुपति क्षेत्रमा रहेको धर्मशालालाई बतास समूह अन्तर्गतका होटल आनन्द प्रालिले सञ्चालन गर्दै आइरहेको छ । पर्यटन मन्त्रालयले एकतर्फी रुपमा धर्मशालाको सञ्चालनको सम्झौता रद्द गरेपछि होटलतर्फबाट अदालतमा रिट दायर भएको थियो ।
उक्त रिटमाथि न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै होटल सञ्चालनमा रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
यस्तो छ अदालतको अल्पकालीन अन्तरिम आदेश
Comments are closed.