स्पर्स लघुवित्तको फिल्ड व्यवस्थापन कार्यशाला गोष्ठी

आर्थिक आवाज
पोखरा, २ पुस । स्पर्स लघुवित्त वित्तीय संस्था लि.ले सञ्चालनमा रहेका २० वटा शाखा कार्यालयहरुमा कार्यरत फिल्ड सहायकहरुलाई १ दिने फिल्ड व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । दुई चरणमा विभाजन भएको गोष्ठी परासीको वर्दघाट र पोखराको बेगनासतालमा सम्पन्न भएको हो ।

सहभागीहरुलाई यस आ.व.मा वित्तीय संस्थाले लिएको लक्ष्य प्राप्तिका लागि थप उत्प्रेरित बनाउने र फिल्ड कर्मचारीहरुको वृत्ति विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा वित्तीय संस्थाका ६७ जना फिल्ड सहायकहरुको सहभागीता रहेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।

मंसिर २८ भएको पहिलो कार्यक्रमको उद्घाटन गर्दै वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले मंसिर मसान्तसम्मको वित्तीय संस्थाको लक्ष्य तथा प्रगति विवरणको अवस्था, वित्तीय संस्थाले हाल भोगेका समस्या तथा अवसरहरु, वित्तीय संस्थाको यस आ.ब.को लक्ष्य तथा यसको प्राप्तीका रणनीतिको बारेमा बताएका थिए । पहिलो दिनको गोष्ठीमा स्रोत व्यक्ति तेजबहादुर गिरीले सहभागीहरुलाई केन्द्र तथा फिल्ड व्यवस्थापन सम्वन्धी विषयमा सहजीकरण गरेका थिए ।

पुस १ गते भएको तालिमको स्रोत व्यक्ति नविन प्याकुरेलले सहभागीहरुलाई सकारात्मक सोच र इच्छा शक्ति भए जस्तो सुकै पनि कार्य गर्न सकिने भन्दै सहभागीहरुलाई सकरात्मक उर्जा थप गरेका थिए । उक्त अवसरमा वित्तीय संस्थाले सदस्य विस्तार, सदस्य परिचालन, धितो कर्जा लगानीमा उत्कृष्ट हुन सफल कर्मचारीहरुलाई पुरस्कृत गरेको थियो ।

lcci
You might also like

Comments are closed.