महालक्ष्मी विकास बैंकद्वारा कुर्सी प्रदान

काठमाडौं । महालक्ष्मी बिकास बैक लि. पुतलीसडक तथा चाबहिल शाखाको संयुक्त आयोजनामा सोमबार गौसाला स्थित नेपाल मानब धर्म सेबा समितीलाई १५५ वटा कुर्सी हस्तान्तरण गरेको छ । बैकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग प्रदान गरिएको छ ।

हिन्दुहरुको महान उत्सव महाशिवरात्रिको पुर्वसन्ध्यामा नेपाल मानब धर्म सेबा समितीलाई कुर्सी हस्तान्तरण गरिएको हो । उक्त सहयोग ग्रहण गर्दे नेपाल मानब धर्म सेबा समितीका केन्द्रीय प्रमुख माहात्मा चमेली बाइजीले बैकले गरेको सहयोगप्रती कृतज्ञता व्यक्त गरिन् । महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शन गर्न आउने तिर्थालु तथा भक्तजनहरुलाई विश्राम गर्न सजिलोहोस् भन्ने उद्देश्यले उक्त सहयोग गरेको पुतलीसडक शाखाका शाखा प्रवन्धक निरञ्जन कुईकेलले जानकारी दिए। महालक्ष्मी विकास बैंकले कोर बैंकिङमा मात्र नभई संस्थागत सामाजिक क्रियाकलापमा समेत अग्रणी भुमिका निर्वाह गर्दे आईरहेको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख् गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card, Dollar card जारी गरीसकेको छ ।  कोभिड ̵ १९ को जोखमिलाई न्युनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ मार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सूरक्षित राख्न बैंकले हार्दिक अपिल गरेको छ ।

lcci
You might also like

Comments are closed.