पोखरा इन्जिनियरिङ कलेजमा ९८ विद्यार्थी दीक्षित

पोखरा । पोखरा इन्जीनियरीङ कलेजमा दिक्षान्त समारोह सम्पन्न भएको छ । दक्ष प्राविधिक उत्पादन गर्ने उद्देश्यले सन् १९९९ मा स्थापना भएको यस क्षेत्रकै पहिलो इन्जिनियरिङ कलेजको रुपमा स्थापित यस पोखरा इन्जिनियरिङ कलेजबाट १७औं ब्याचका विद्यार्थी दीक्षित भएका हुन् ।

कोभिड-१९ को कारण यस वर्ष पोखरा विश्वविद्यालयले सम्बन्धन प्राप्त सबै कलेजहरुलाई आफ्नै प्राङ्गणमा दीक्षान्त समारोहको आयोजना गर्नुपर्ने भनी गरेको निर्देशनानुसार कलेजले फागुन १५ गते दीक्षान्त समारोहको आयोजना गरेको हो । उक्त दीक्षान्त कार्यक्रममा स्नातकोत्तर र स्नातक तह गरी कुल ९८ जना विद्यार्थी दीक्षित भएका हुन ।

पोखरा विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन सह प्राध्यापक राजेश कुमार ठकुराठीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा परीक्षा नियन्त्रक सह प्राध्यापक डा. तुलसीराम भण्डारी विशिष्ट अतिथिको रुपमा उपस्थित रहेका थिए ।

स्नातकोत्तर कार्यक्रममा मास्टर्स इन कन्स्ट्रकशन म्यानेजमेन्ट र स्नातक तहमा कम्प्युटर र सिभिल इन्जिनियरिङ कार्यक्रमबाट डिन लिष्टमा पर्न सफल ४ जना विद्यार्थीलाई प्रमुख अतिथिले मेडल तथा नगदद्वारा पुरस्कृत गरेका थिए । कलेजका निर्देशक अम्बर गुरुङले स्वागत मन्तव्य र प्रमुख अतिथि, विशिष्ट अतिथि र कलेजकी प्रिन्सिपल आ. रोजना जोशीले शुभकामना मन्तव्य दिएकी थिइन् भने कार्यक्रम संचालन ई सोम गुरुङले गरेका थिए ।

कार्यक्रमको अध्यक्षता गरेकी संचालक समितिकी अध्यक्ष हिरा गुरुङले पहिलो पटक कलेजमा दीक्षान्त समारोहको आयोजना गर्न पाउँदा खुशी लागेको भएता पनि कलेजका संस्थापक प्रिन्सिपल ई. लेख बहादुर गुरुङको एक वर्ष अघिमात्र भएको अकस्मात निधनले आफ्नो परिवार र कलेजलाई ठूलो क्षति पुर्‍यएको बताइन् । उनले चैत्र महिना भित्र स्व. ई. लेख बहादुर गुरुङको पूर्ण कदको शालिक कलेजको हाताभित्र निमार्ण गर्ने बताईन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.