जेके ओटीआर टायरको ४५ दिने रोड शो प्रारम्भ

काठमाडौं । नेपाली बजारमा हालै उपलब्ध जेके ब्रान्डको ओटीआर टायरको रोड शो प्रारम्भ भएको छ । ४५ दिन सम्म चल्ने उक्त रोड शोका लागि काठमाडौंबाट गत आइतबार गाडी प्रस्थान गरेको छ ।

सो अवसरमा जेके ओटीआर टायर हेड देवासिस खुन्तियाका साथै कम्पनीको तर्फबाट कमल नागोरी र मुकुल भारती एवं सो टायरको नेपालका लागि आधिकारिक वितरक डेल्टा डिस्ट्रिब्युटर्सका डाइरेक्टर विनित सिंघानियालगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

जेके ओटीआर टायर सजावट गरिएको गाडी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका खानी, जलविद्युत निर्माण क्षेत्र लगायतका विभिन्न स्थानमा पुग्ने छ । ती स्थानमा सो टायरको वारेमा आवश्यक जानकारी समेत प्रदान गरिने छ ।

काठमाडौंबाट नारायणघाट हुँदै पश्चिमतिर प्रस्थान गरेको गाडी फेरि पूर्वतिर फर्किने छ ।

क्याटरपिलर, बीईएमएल, जेसीबी, लीब्वाई, एजक्स फियोरी, एल एन्ड टी कन्स्ट्रक्सन, एस्कर्ट्स, एक्सन कन्स्ट्रक्सन इक्विपमेन्ट र अन्य धेरै निर्माण उपकरण निर्माताहरुको लागि जेके टायर एक विश्वसनिय आपूर्तिकर्ता पनि हो ।

जेकेका अल्ट्रा लार्ज अफ द रोड (ओटीआर) टायर हालै नेपाली बजारमा भित्रिएका हुन् । यी टायर ब्याकहो लोडर, स्वाइल कम्प्याक्टर, पिक एन्ड क्यारी क्रेन, फोर्कलिफ्ट, टिपर ट्रक, आरटीजी क्रेन, ह्विल लोडर, मोटर ग्रेडर, मोबाइल कंक्रिट मिक्सर, स्किड स्टियर लोडर र रिजिड डम्प ट्रक जस्ता हेभी सवारी साधनमा प्रयोग गर्न सकिन्छ ।

अत्याधुनिक मेसिनरीका साथ सबैभन्दा स्वचालित प्रक्रिया र उन्नत प्रविधिले सुसज्जित गरी उत्पादन गरिएका जेके टायर लोकप्रिय मानिन्छन् ।

lcci
You might also like

Comments are closed.