हाउजेको बिक्रेता ‘बाइक पस प्रा.लि.’ दोस्रो वर्षमा

काठमाडौं । हाउजेको चावहित टुसाल सोरुम स्थापनाको एक वर्ष पुरा भएको छ । हाउजेको आधिकारिक बिक्रेता बाइक पस प्रा.लि. को एक वर्ष पुरा भएको सञ्चालक प्रस्विन शाक्यले जानकारी दिए ।

एक वर्षको अवधिमा शोरुममा हाउजेका बाइक खरिदमा ग्राहकको आकर्षण देखिएको शाक्यले बताए । प्रालिले बाइक पस स्थापनाको पहिलो वार्षिकोत्सव शनिबार मनाएको छ ।

चिनियाँ मोटरसाइकल कम्पनी हाउजेको लागि नेपालको एक मात्र आधिकारिक बिक्रेता कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्न हो ।

हाउजेका बाइकहरु नेपाली बाटोलाई सुहाउँदो रहेको कम्पनीले जनाएको छ । रोड र अफरोड दुवैका लागि बाइक राम्रो रहेको बताइएको छ । बाइकको फिचर र विशेषता अनुसार धेरै सस्तो मूल्यमा हाउजेका बाइक नेपाली बजारमा उपलब्ध रहेको शाक्यले बताए ।

You might also like

Comments are closed.