काठमाडौं । नेपाल बङ्गलादेश बैंकले बचत खाता खोल्ने ग्राहकको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दाबी रकम रु. १ लाख भुक्तानी गरेको छ । ग्राहक स्व. महमुदा खातुनकी छोरी मसउदा खातुनलाई बीमा बापतको रकम भुक्तानी गरिएको हो ।
स्व. महमुदा खातुनले नेपाल बङ्गलादेश बैंक ब्रम्हपुरी शाखामा खाता खोली कारोबार गर्दै आएकी थिइन् । उनको गत कात्तिक ६ गते सवारी दुर्घटनामा परी निधन भएको थियो ।
यस प्रकारको सहयोगले आफ्ना ग्राहकको आश्रित परिवारको लागि राहत पुग्ने विश्वास बैंकले लिएको छ ।
आगामी दिनहरुमा पनि आफ्ना ग्राहकको हितमा रही बैंकिङ सुविधा प्रदान गर्ने जानकारी बैंकले गराएको छ ।
हाल नेपाल बङ्गलादेश बैंकले सय वटा शाखा, १० एक्स्टेन्सन काउन्टर, तथा ८४ वटा एटिएम बैंकिङ सुविधा दिँदै आएको छ ।
Comments are closed.