काठमाडौं । कोरोना भाइरसको संक्रमण ३३ जनामा देखिएकोे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साेमबार सार्वजनिक गरेको बुलेटिनमा पाँच हजार ५९ जनामा कोरोना परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार सक्रिय कोरोना संक्रमितको सङ्ख्या ८ सय ४२ पुगेकामा पछिल्लो समय ८९ जना निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६५ हजार ७ सय १४ पुगेको छ । निको हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
आज संक्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य संक्रमित जिल्लाको सङ्ख्या १८ पुगेको छ । मन्त्रालयका अनुसार ती जिल्लामा इलाम, सोलुखुम्बु, भोजपुर, चितवन, नुवाकोट, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, पूर्वरुकुम, रुपन्देही, सल्यान, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला र बाजुरा छन् ।
नेपालमा कोराना संक्रमण दर १७ दशमलव छ प्रतिशत छ ।
हाल होम आइसोलेसनमा ८ सय ६, संस्थागत आइसोलेसनमा ३६, आइसियुमा १५ र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा ६० हजार ७२ जनाले खोप लगाएका थिए ।
Comments are closed.