प्रविधिमैत्री बन्दै लक्ष्मी लघुवित्त, कनेक्ट आइपिएसबाट भुक्तानी सेवा

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्जाको किस्ता भुक्तानी तथा वचत जम्मा अब कनेक्ट आइपिएसबाट गर्न सकिने भएको छ । सेवालाई थप प्रविधिमैत्री बनाउने क्रममा लघुवित्तले यो सेवा सुरू गरेको हो ।

छिटो छरितो तथा भरपर्दो तरिकाबाट कनेक्ट आइपिएसमार्फत रकम भुक्तानी गर्न सकिने जनाइएको छ ।

कनेक्ट आइपिएस सेवा सुरू गर्ने पहिलो कम्पनी लक्ष्मी लघुवित्त बनेको छ ।

संस्थालाई आगामी दिनमा थप प्रविधिमैत्री बनाउँदै अगाडि बढ्ने प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माले बताए ।
राष्ट्र बैंकबाट २०६८ फागुन २३ गते वित्तीय कारोवार गर्न इजाजतपत्रप्राप्त यस संस्थाले २०६९ जेठ २२ गतेबाट नुवाकोटको बट्टारबाट लघुवित्त कारोवार शुरु गरेको थियो । हाल आएर देशभर ५६ जिल्लाहरुमा ९० वटा शाखा कार्यालयहरु मार्फत १ लाखभन्दा बढी ग्राहक सदस्यलाई संस्थाले प्रत्यक्ष सेवा पु¥याएको छ । संस्थाले ७.७५ अर्ब कर्जा लगानी गरेको छ भने आफ्ना ग्राहक सदस्यहरुबाट २.३७ अर्ब बचत संकलन गरेको छ ।
Seen by Surendra Paudel at 1:35 AM
You might also like

Comments are closed.