जाने होइन त सेफ पेशामा अष्ट्रेलिया !!!

पोखरा । विगत ६ वर्षदेखि कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले कुलिनरी सोलुसन अष्ट्रेलिया इन्टरनेशनलद्वारा सम्वन्धन लिई होटल म्यानेजमेन्ट र कुलिनरी आर्टस्संचालनमा ल्याएको छ ।

प्लस टु दिएका तथा ब्याचलर सकाएका विद्यार्थीले समेत यस कोर्षमा भर्ना हुनसक्ने बताइएको छ । कलेजले लिने लिखित परिक्षा सामान्य ज्ञान र अंग्रेजी भाषा र इच्छाशक्ती कस्तो छ भनेर लिने मौखिक प्रश्न र मेडिकल पास भइसकेका विद्यार्थीले सिट पाउनेछन् ।
एकपटकमा ३२ जना विद्यार्थी भर्ना लिइने र वर्षमा ३ वटा इन्टेक हुने भएकोले प्लस टु दिएका र ब्याचलर अध्ययन गर्दै गर्दा प्रोफेसनल कोर्ष गरेर अष्ट्रेलिया जना चाहने वा पेशामा आवद्ध हुन चाहने विद्यार्थीका लागि यो कोर्ष उपयोगी हुने कलेजका संस्थापक अध्यक्ष विजय पौडेलले बताए ।

६ महिनासम्म बिहान ८ देखि बेलुका ५ बजेसम्म कुलिनरी आर्टस कोर्ष गरिसकेपछि विद्यार्थीलाई सिधै अष्ट्रेलिया देखि परीक्षा लिइने पौडेलले बताए । परिक्षा दिएको केही समयपछि सर्टिफिकेट आउँछ । दुवई, मालदिभ्स, बहराइन लगायतका देशका ५ तारे होटलमा COMMI  सेफका रुपमा रोजगारीको ग्यारेन्टी गर्ने व्यवस्था कलेजले नै गर्ने कलेजका प्रिन्सिपल तथा कुलिनरी डाइरेक्टर सेफ रा कोडान्डाले बताए ।

विश्वमा नै बढिरहेको पर्यटन व्यवसाय विकासक्रम सँगै सेफको नोकरी अन्य पेशाा भन्दा धेरै गुणा बढी आम्दानी हुनेभएकोले युवाको आकर्षण रहेको अध्यक्ष पौडेलले बताए ।

विद्यार्थी प्रवेश परीक्षा पास भएपछि बिहान बेलुका खाना, खाजा, नास्ता तथा होस्टल र पढाइ पश्चात रोजगारी अनि अष्ट्रेलियाका लागि समेत प्रोसेसिङ र रोजगारी कलेजले ग्यारेन्टी गरेकाले अवको युवाको पहिलो रोजाई कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज रहेको उनले बताए ।

You might also like

Comments are closed.