वडाबासीलाई उद्यममा जोडी व्यावसायिक तथा उद्यमी बनाउनेछु : रमेश श्रेष्ठ

टोखा । टोखा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष उम्मेदवार रमेश श्रेष्ठले वडाबासीहरुको संयुक्त लगानीमा सामुहिक लगानी कोष स्थापना गर्ने बताएका छन् । वडाबासीलाई उद्यममा जोडी व्यावसायिक तथा उद्यमी बनाउने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार रहेका श्रेष्ठले आर्थिक आवाजसँग कुराकानी गर्दै आय आर्जनको माध्यमबाट वडाबासीको समग्र विकासमा आफूले पहल गर्ने बताए । ‘भौतिक पूर्वाधारसँगै मानव विकास मेरो प्राथमिकतामा पर्छ,’ उनले भने ।

युवाको नेतृत्व स्थापित गर्न, रोजगारीको अवसर सिर्जना गर्न, शाखा सडकको स्तरउन्नति गर्न, सार्वजनिक जग्गा संरक्षण गर्न वडाबासीले आफूलाई मतदान गर्ने उनको विश्वास छ ।

jutta mela

महिला हिंसा अन्त्य गरी महिला सशक्तीकरण, स्थानीय व्यापार प्रवर्दन, निःशुल्क औषधी उपचारको व्यवस्था, फोहोर मैलाको उचित व्यवस्थापन, सबै ठाउँमा खानेपानीको व्यवस्था, सामुदायिक व्यापार गृह निर्माण, गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ती, टोखाको संस्कृति र परम्परालाई संरक्षण र सम्वद्र्धन लगायतका एजेन्डा श्रेष्ठले अगाडि सारेका छन् ।

आर्थिक पारदर्शितासहित सुशासनको अनुभूति दिलाउने उनले बताएका छन् ।


वडाको समग्र विकासका लागि आफूले काम गर्ने श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्दै मतदानका लागि अपिल गरेका छन् ।

You might also like

Comments are closed.