काठमाडौं महानगरमा प्रारम्भिक मतगणनामा बालेनको अग्रता

काठमाडौं महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार अपराह्न १२ बजेसम्म १०० मतगणनामा प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता देखिएको छ ।

मतगणनाको अतिप्रारम्भिक परिणामअनुसार साहले २२ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका सिर्जना सिंहले १८ र नेकपा एमालेका केशव स्थापितले १३ मत प्राप्त गरेका छन् ।

jutta mela

महानगरपालिकाको वडा नं १ र ३२ बाट गणना सुरु भएको छ । मतगणना अहिले जारी छ ।

देशभरको मतगणनामा नेपाली कांग्रेसको धेरै जसो ठाउँमा अग्रता रहेको छ भने त्यसपछि दोस्रोमा नेकपा एमालेले अग्रता कायम गरेको छ ।

You might also like

Comments are closed.