काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघको टोलीबीच छलफल भएको छ ।
भेटमा दुवै महासंघ र परिसंघले एक आपसमा कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका छन् ।
छलफलमा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह, निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरी, केन्द्रीय महिला उद्यमी समितिका अध्यक्ष रोशनी उपाध्याय र महासंघका महासचिव डम्वरप्रसाद रेग्मीलगायतको टोली र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालको उपस्थिति थियो ।
Comments are closed.