रामचन्द्र पौडेलद्वारा शुक्लागण्डकी प्रमुखमा विजयी पण्डितलाई बधाई

काठमाडौं ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा विजयी कृष्णराज पण्डितलाई बधाई दिएका छन् । उनले पण्डितको कार्यकालको सफलताको कामना पनि व्यक्त गरेका छन् ।

जिल्लाको व्यासनगरपालिका पछिको ठूलो उक्त नगरपालिकाको प्रमुखमा बुधबार साँझ भारी मत फरकले पण्डित विजयी भएका हुन् । ।

शुक्लागण्डकीमा नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रबीच गठबन्धन भएकामा प्रमुख र उपप्रमुख दुबै पदमा गठबन्धन विजयी भएका छन् । कुल खसेको पच्चीस हजार सात सय अन्ठाउन मतमध्ये विजयी पण्डितले बाह्र हजार दुई सय त्रिसठ्ठी मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मुक्ति तिम्सेनाले नौ हजार ८४३ मत प्राप्त गरे ।

jutta mela

त्यसैगरी उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका खुमबहादुर बिक ९राजु०ले दश हजार २९६ मत ल्याएर विजयी भएकोमा उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी फुलमाया वाग्लेले नौ हजार ९५७ मत पाएको मतदान अधिकृत सरीता रायमाझीले जानकारी दिए ।

कूल मतदाता ३८ हजार ३१५मतमध्ये १९३ मत बदर भएको थियो । त्यसैगरी वडा नं १ मा नेपाली कांग्रेसका रविचन्द्र पौडेलले एकहजार ११३,वडा नं २ मा कांग्रेसका सुमनबहादुर रानामगरले ९२५, वडा नं ३ मा कांग्रेसका सचिन भुजेलले ८३६, वडा नं ४ मा कांग्रेसका राजकुमार वाग्लेले ७७८, वडा नं ५ मा एमालेका दीर्घबहादुर थापाले एकजार २१९, वडा नं ६ मा एमालेका बुद्धिबहादुर थापाले एकहजार २७३ मत ल्याएर विजयी भएका थिए ।

त्यसैगरी,वडा नं ७ मा नेपाली कांग्रेसका खड्कसिं थापा,वडा नं ८ मा एमालेका नारायणसिं थापा १२८१,वडा नं ९ मा एमालेका धनबहादुर पुलामी ७४०,वडा नं १० मा माओवादी केन्द्रका राजेन्द्र भट्टराई क्षेत्री ९२५,वडा नं ११ मा एमालेका शालिकराम भट्टराई १०३८ र वडा नं १२ मा एमालेका इन्द्र गुरुड विजयी भएका थिए ।

You might also like

Comments are closed.