राष्ट्र बैंक भन्छ- यस वर्ष पनि बैंक तथा वित्तीय संस्थाको नाफा प्रभावित हुन्छ

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि बैंक तथा वित्तीय संस्थाको नाफा प्रभावित हुने बताएको छ । करिब दुई वर्ष बढी समयसम्म विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) संक्रमणका कारण सम्पूर्ण अर्थतन्त्र नै खल्लबल्लियो ।

केन्द्रीय बैंकले कोरोना महामारीका लागि चालिएका नीतिगत सहजीकरण फिर्ता भएपछि खराब कर्जा बढ्न जाने र वित्तीय क्षेत्रको नाफा प्रभावित हुने राष्ट्र बैंकले निष्कर्ष निकालेको हो ।

jutta mela

कोरोनाको अवधिमा बैंकको खराब कर्जा घटेको, नाफामै व्यवसाय सञ्चालन गर्न सफल रहेको राष्ट्र बैंकले देखाएको छ । अघिल्लो वर्षमा बैंकहरुको खराब कर्जा कुल कर्जाको १ दशमलव ८९ प्रतिशत रहेकोमा गत वर्ष १ दशमलव ४८ अनुपातमा सीमित भएको छ । तर, तरलता जोखिममा नेपाली बैंकहरु केही कमजोर देखिएका राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको स्ट्रेस टेष्टसमेत गरेर जोखिम बहन क्षमतालाई मापन गरेको छ । मापन गरेको जोखिमअनुसार ब्याजदर, विदेशी विनिमय र इक्विटी इन्भेष्टमेन्टमा लगानी न्यून भएकाले त्यो जोखिम बहन गर्ने क्षमता बैंक वित्तीय संस्थाको रहेको राष्ट्र बैंकले बताएको छ ।

त्यसैगरी नियामकीय सीमाको सन्दर्भमा पनि हालसम्म बैंक वित्तीय संस्थाहरु सबल नै रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । तर, केन्द्रिय बैंकले भने ठुला तथा बारम्बार आउने धक्कालाई नेपाली बैंक वित्तीय संस्थाले धेरै सहन नसक्ने जनाएको छ ।

You might also like

Comments are closed.