काठमाडौं, २१ पुस । निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक एनआइसी एसिया बैंकले शाखा विस्तारलाई तिब्र बनाइरहेको छ । यसैक्रममा बैंकले दाङको राजपुरमा शुक्रबार शाखा विस्तार गरेको छ । बैंकले यु.के.एड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमकोे सहकार्यमा नयाँ शाखा बिस्तार गरेको हो ।
शाखाको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले उद्घाटन गरेका हुन् । बैंकका शाखा देशभर २ सय ७० वटा पुगिसकेका छन् । २ सय ८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर, २२ वटा शाखारहित बैंकिङ ईकाई मार्फत करिब १४ लाख ग्राहकलाई सेवा दिन बैंक सफल रहेको विज्ञप्तिमा उल्लेख छ । सक्षम यु.के.एडको सहयोग प्राप्त एक्सेस टु फाइनान्स अभियान हो ।
Comments are closed.