नेपालमा ‘प्रथम एएसी ब्लक सम्मेलन’ शुक्रबार हुँदै

काठमाडौं । नेपालमा ‘प्रथम एएसी ब्लक सम्मेलन’ हुने भएको छ । चैत ८ गते शुक्रबार ‘फस्ट एएसी कन्फरेन्स ः विल्डिङ सस्टेनेबल फ्युचर’ विषयमा वृहत अन्तरक्रिया कार्यक्रम सहित सम्मेलन गर्न लागिएको एएसी ब्रिक उत्पादक संघले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । लाजिम्पाटस्थित दुसित प्रिसेन्स शुक्रबार साँझ ५ बजे कार्यक्रम हुनेछ ।

स्वदेशी उत्पादन एएसी व्लकको विषयमा जानकारी गराई यसको उपभोगमा व्यापक वृद्धि गर्ने तथा दिगो भविष्य निर्माण गर्ने लक्ष्यसहित कार्यक्रम गर्न लागिएको संघले जनाएको छ । स्वदेशी तथा विदेशी अनुभवी विशेषज्ञहरुबाट सम्पूर्ण सरोकारवालाहरुलाई जानकारी गराउने उद्देश्य रहेको संघका अध्यक्ष निकोलस पाण्डेले जानकारी दिए । स्वदेश तथा विदेशमा रहेका विज्ञहरुको समेत सहभागितामा कार्यक्रम हुने र एएसी ब्लकको महत्व बुझाउन कार्यक्रम सहयोगी हुने आयोजकको विश्वास छ ।

नेपालमा ९ वटा उद्योले एएसी ब्लक उत्पादन गर्दै आइरहेका छन् । ३ वटा उद्योगहरु संचालनको तयारीमा रहेको संघले जनाएको छ । यो क्षेत्रमा करिब ५ अर्ब रुपैयाँ भएको छ भने ५ हजार जनाले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाइरहेको संघले जनाएको छ।

नेपालमा बिगत १० वर्षदेखि एएसी ब्लक उत्पादन हुँदै आइरहेको छ ।

You might also like

Comments are closed.