सिद्धार्थ बैंकका ग्राहकलाई एएइसी ग्लोबलमा विशेष छुट

काठमाडौं । सिद्धार्थ बैंकका सम्पूर्ण ग्राहकले एएइसी ग्लोबल प्रा.लि.बाट भिसा प्रक्रिया सुरु गर्दा प्रोसेसिङ शुल्क निःशुल्क हुने भएको छ । बैंक र एएइसी ग्लोबलबीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

त्यसैगरी आइइएलटिएस कक्षाका लागि विद्यार्थीले ५० प्रतिशत छुट प्राप्त गर्ने सम्झौतामा उल्लेख छ । सम्झौता पत्रमा एएइसी ग्लोबलका प्रवन्ध निर्देशक केशव सिंखडा र बैंकको तर्फबाट पुतलीसडक शाखा प्रवन्धक निरन केसीले हस्ताक्षर गरेका छन् ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई एएइसी ग्लोबलले परामर्श सेवा प्रदान गर्दैै आइरहेको छ ।

बिगत ६ वर्षदेखि परामर्श सेवा प्रदान गर्दै आइरहेको एएइसी ग्लोबलको प्रधान कार्यालय काठमाडौंको पुतलीसडकमा छ । काठमाडौंको बागबजार, चितवनको नारायणगढ, पर्साको खैरहनीमा शाखाहरु छन् ।

नेपाल बाहिर बेलायतको लण्डन, अष्ट्रेलियाको सिड्नी, अमेरिकाको भर्जिनिया, श्रीलंकाको कोलम्बोमा शाखाहरु छन् । विद्यार्थीको गन्तव्य, उद्देश्य, आर्थिक अवस्था र भविष्यलाई मध्यनजर गरी एएइसी ग्लोबलले सही परामर्श सेवा प्रदान गरिरहेको सिंखडाले बताए । ‘नेपालबाट विदेशमा विद्यार्थी गइसकेपछि त्यहाँ पनि आवश्यक सहयोग हामीले गर्दै आइरहेका छौं,’ सिंखडाले भने ।

You might also like

Comments are closed.