आँधीखोला गाउँपालिकाले निःशुल्क वृहत स्वास्थ्य शिविर गर्ने

स्याङ्जा । आँधीखोला गाउँपालिकाको समन्वय तथा सहयोग एवं विपन्न समुदाय र जैविक विविधता सहयोगी संस्था नेपालको आयोजनामा निःशुल्क वृहत स्वास्थ्य शिविर हुने भएको छ ।

पञ्चमुल प्राथमिक स्वास्थ्य केन्द्र, पञ्चमुलमा आगामी पुस १ र २ गते स्वास्थ्य शिविर हुने गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले जानकारी दिए ।

स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण तथा सामान्य चेकजाँच, दन्त परीक्षण र सामान्य उपचार, प्रस्तु्ति रोगको परीक्षण र उपचार, हाडजोर्नी तथा छालाको उपचार, सामान्य ल्याब परीक्षण, भिडियो एक्सरे, इसिजी, निःशुल्क औषधी विरतण, अडियो तथा भिडियोका माध्यमबाट स्वास्थ्य सम्बन्धी सचेतना प्रशारण लगायतका सेवा प्रदान हुने पौडेलले जानकारी दिए ।

‘पालिकाबासीहरुको स्वास्थ्य परीक्षणमा चासो दिदै स्वास्थ्य शिविर गर्न लागिएको हो,’ उनले भने । स्वास्थ्य शिविरमा सहभागी भइ स्वास्थ्य परीक्षण गराई लाभ लिन पौडेलले पालिकाबासीलाई आग्रह गरेका छन् ।

You might also like

Comments are closed.