कार्यसम्पादन मूल्यांकनमा आँधीखोला गाउँपालिका जिल्लाकै उत्कृष्ट, देशभर नवौं स्थानमा

स्याङजा । देशभरका स्थानीय तह मध्य कार्यसम्पादन मूल्यांकनमा स्याङजाको आँधीखोला गाउँपालिका उत्कृष्ट नवौं उत्कृष्ट स्थानमा पर्न सफल भएको छ । स्याङ्जा जिल्लाका स्थानीय तह मध्येमा आँधीखोला उत्कृष्ट बनेको छ ।

नेपाल सरकार राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको प्रदेश तथा स्थानीय सरकारको कार्यसम्पादन सूचकको मुल्याङ्कन प्रतिवेदन हालै सार्वजनिक गरेको हो । स्याङ्जा जिल्लाका स्थानीय तहहरु मध्ये आँधीखोला गाउँपालिका ७४.९४०४ नम्बर सहित पहिलो स्थानमा परेको हो ।

कार्यसम्पादनमा सहयोग गरी पालिकालाई अग्र स्थान हासिल गर्न सहयोग गर्ने जनप्रतिनिधिहरू सहित सबै कर्मचारी तथा नगरबासीमा पालिका अध्यक्ष विश्वनाथ पौडेलले आभार व्यक्त गरेका छन् ।

You might also like

Comments are closed.