मेलम्चीको पानी काठमाडौंबासीले बाह्रै महिना खान पाउनेगरी काम हुन्छ : मन्त्री खान

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले बजेट वक्तव्यमार्फत भंग गरिएको मेलम्ची खानेपानी विकास समितिमा देखिएको नीतिगत समस्यालाई हल गर्दै कर्मचारीहरुको समस्यालाई पनि सम्बोधन गरिने बताएका छन् ।

बाह्रै महिना मेलम्चीको पानी काठमाडौंबासीले खान पाउनेगरी काम अगाडि बढाउने पनि मन्त्री खानले बताए । मन्त्री खानले शनिबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल निरीक्षणका लागि पुगेका थिए ।

मन्त्री खानले आयोजना नियमित संचालनको लागि लाग्ने खर्च र प्राविधिक कुराबारे आवश्यक छलफल गरी फास्टट्रयाकमा काम गरिने बताए । सोही क्रममा मन्त्री खानले स्थनीयबासीहरुबाट उठेका मागलाई समेत उच्च प्राथमिकतामा राखेर काम गर्ने बताए ।

jutta mela

त्यस्तै, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले मेलम्ची खानेपानी आयोजनामा हालसम्म भएको लगानी २०७८ असारमा गएको बाढीले पुर्‍याएको क्षति र नियमित आयोजनामा संचालनको लागि गर्नुपर्ने कामहरुका विषयमा समेत बिस्तृत जानकारी दिए । श्रेष्ठले खानेपानी समिति नहुँदा तलब, मर्मत र महत्वपूर्ण निर्णय गर्न समस्या भएको बताए ।

२०७८ असार १ र साउन १७ गतेको मेलम्ची बाढीले मेलम्ची खानेपानी आयोजनामा करिब दुई अर्बको क्षति पुगेको पूर्वानुमान गरिएको छ । आयोजनाको मुहान स्थलमा निर्माण भएकोे पक्की संरचनाहरु पक्की बाँध, गेट, जेनेरेटर घर, कन्ट्रोल हाउस पुरिनुका साथै निर्माण सामग्री र निर्माण उपकरणहरु र कन्ट्रयाक्टर लेबर क्याम्प समेत बगाएको थियो ।

आयोजना निरीक्षणका क्रममा मन्त्री खान सहित खानेपानी सचिव मणिराम गेलाल, खानेपानी विकास समितिका कार्यकारी निर्देशक श्रेष्ठ विभिन्न क्षेत्रको विज्ञ टोली लगायत मुहान स्थल पुगेका थिए ।

You might also like

Comments are closed.