पोखरामा बस दुर्घटना हुँदा चालकसहित ४२ जना घाइते

काठमाडौं । पोखरा महानगरपालिकामा बस दुर्घटना हुँदा चालकसहित ४२ जना घाइते भएका छन् ।

पोखरा महानगरपालिका २६ लेखनाथ डाँडाको नाक प्रहरी चौकी अगाडि पोखरा विश्वविद्यालयबाट पोखरा आउँदै गरेको ग १ ख ६७४७ नम्बरको बस दुर्घटना परेको हो ।

हुँदा चालकसहित ४२ जना घाइते भएका र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।घाइतेहरूको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिए ।

दुुघर्टनामा धेरैजसो पोखरा विश्वविद्यालयबाट फर्किँदै गरेका विद्यार्थी रहेका छन् । प्रहरीले ब्रेक फेल भएपछि बस सडकबाट खोल्सामा खसेको चालकले बताएको जानकारी दिएका छन् ।

You might also like

Comments are closed.