पोखरा । नेपाल अडिटर्स एसोसियसन (अडान) गण्डकी प्रदेश र अडान कस्कीले १७औं स्थापना दिवसको अवसरमा पोखरा १४ बाच्छेबुडुवाको बात्स्यायन वृद्धाश्रममा आर्थिक सहयोग, वृक्षरोपण, खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको छ ।
लेखा परिक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एसोसियसनले अडान डेको अवसरमा आर्थिक ऐन २०७९ आयकरमा पारेको प्रभाव सम्बन्धमा पोखरामा कार्यक्रमको आयोजना गरेर अन्तरक्रिया गरेको हो । कार्यक्रममा आय करले पारेको असर, समाधानका उपायहरुको बारेमा अन्तक्र्रिया गरिएको कास्कीका सचिव गुणनिधि पाण्डेले बताए ।
आय करको बारेमा गरिएको अन्तरक्रियामा सहजिकरण तथा आयकर ऐनको प्रशिक्षण गण्डकी प्रदेशका अध्यक्ष पदमबन्धु पोखरेलले गरेको सचिव पाण्डेले बताए । एसोसियसनका केन्द्रीय उपाध्यक्ष बिलबहादुर भुजेल प्रमुख अतिथि रहेको कार्यक्रममा सभाका अध्यक्ष तथा कास्की अध्यक्ष कमलबहादुर रेग्मीले अडानका गतिविधिहरुको बारेमा जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा आइक्यान पार्सद तथा केन्द्रीय सल्लाहकार केशबहादुर केसी, केन्द्रीय सचिव सिवराज बराल, केन्द्रीय सल्लाहककार चन्द्रबहादुर थापाले शुभकामना मन्तव्य दिएका थिए । उक्त कार्यक्रमको सञ्चालन अडान कास्कीका सचिव गुणानिधि पाण्डेले गरेको थिए ।
Comments are closed.