गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

काठमाडौं । गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् ।गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले सोमबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेस गरेका थिए ।

नेकपा एमाले गण्डकी प्रदेश सभाका संसदीय दलका नेता खगराज अधिकारीको प्रदेश सभा सदस्यको बहुमतको समर्थन सहितको निवदेन दर्ता भएकोमा प्रदेश प्रमुखबाट नेपालको संविधानको धारा १६८ २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालय प्रसे विज्ञप्तिमा जानकारी दिइएको छ ।

सत्तारुढ दलमा आबद्ध ३२ र एक स्वतन्त्रसहित प्रदेशसभाका बहुमत सदस्यको समर्थन जुटाएर नेता अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

एमालेका २२, नेकपा (माओवादी केन्द्रका) आठ, राप्रपाका दुई र स्वतन्त्र हैसियतमा प्रदेशसभा सदस्य राजीव गुरुङको समर्थन छ ।
अधिकारी कास्की प्रतितिसभा १ प्रदेशसभा १ बाट निर्वाचित भएका थिए । उनी एमालेको स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका छन् ।

lcci
You might also like

Comments are closed.