काठमाडौैं । शैक्षिक परामर्श कम्पनी ‘एईसीसी स्टडी एब्रोड कन्सल्टेन्ट’ले शुक्रबार सरस्वती पूजाको अवसरमा ‘ग्लोबल एजुकेशन रोड शो’ कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीको मुख्य कार्यालय डिल्लीबजारमा हुने कार्यक्रममा ५० वटा भन्दा बढी विश्वविद्यालयका प्रतिनिधि सहभागी हुने कम्पनीले जनाएको छ ।
अष्ट्रेलिया, युएसए, क्यानडा, युके लगायत युरोपियन देशमा जान चाहने विद्यार्थीलाई लक्षित गरी रोड शो आयोजना गरिएको उनले जानकारी दिए । कार्यक्रममा सहभागी सबै विद्यार्थीले मुभी टिकट, १५० रुपैयाँ बराबरको राइड कुपन सहित अन्य आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।
एईसीसी कम्पनीले हालै नयाँ बानेश्वर काठमाडौंमा पनि शाखा विस्तार गरेको छ । पोखरा र चितवनमा पनि शाखा सञ्चालनमा छन् । बिगत १७ वर्षदेखि परामर्श सेवा प्रदान गर्दै आइरहेको कम्पनीले हालसम्म करिब ८ लाख विद्यार्थीलाई परामर्श सेवा प्रदान गरिसकेको छ । विश्वभर १४ देशमा ५४ वटा शाखा सञ्जाल बिस्तार गर्न सफल छ ।

११ सय भन्दा बढी विश्वविद्यालयको आधिकारिक प्रतिनिधि रहेर एईसीसीले विद्यार्थीलाई विश्वविद्यालयसँग जोड्न सफल भइरहेको छ ।




Comments are closed.