बिल्डकन इन्टरनेशनल एक्स्पोमा एरो ब्रिक्स प्रदर्शन

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा आयोजित बिल्डकन इन्टरनेशनल एक्स्पो सम्पन्न भएको छ । एक्स्पोमा निर्माणसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रडक्टहरुको प्रदर्शनी गरिएको थियो ।

सोही क्रममा नेपालको निर्माण क्षेत्रमा रुचाइएको एरो ब्रिक्स पनि प्रदर्शन गरिएको थियो । एक्स्पोमा राखिएको एरो ब्रिक्सको स्टलमा दर्शकहरुको आकर्षण देखिएको कम्पनीले जनाएको छ । ३ दिनसम्म चलेको एक्स्पो अवधिभर एरो ब्रिक्सको स्टल अवलोकनसहित एरो ब्रिक्सको प्रविधिका बारेमा धेरैले चासो राखेको कम्पनीका बिक्री तथा बजार प्रवन्धक गोविन्द रिमालले जानकारी दिए । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले समेत स्टलको अवलोकन गरेकी थिइन् ।

एरो ब्रिक्स नेपालकै पहिलो Autoclaved Aerated Concrete (AAC) उत्पादक कम्पनी हो । सन् २०१५ मा स्थापित यस कम्पनीको उत्पादन युनिट चितवनमा अवस्थित छ । कम्पनीले पूर्णरुपमा स्वचालित जर्मन टेक्नोलोजीबाट दैनिक ५०० क्यूबिक मिटर ब्लक तथा प्यानल उत्पादन गर्ने क्षमता राख्दछ ।

यो ब्लक एक हलुङ्गो, उच्च Cellular निर्माण सामग्री हो । जुन सिमेन्ट, बालुवा, चुना र जिप्समको मिश्रणबाट बन्ने गर्छ । एरो लाइट ए.ए.सी. ब्लक बजारमा पाइने निर्माण सामाग्री मध्य सवै भन्दा विश्वासिलो निर्माण सामग्री पनि रहेको रिमालले जानकारी दिए ।

एरो ब्रिक्स कम्पनी आफ्नो उपभोक्ताहरुलाई अन्तर्राष्ट्रियस्तरको र निर्माण सामग्री सुपथ मूल्यमा उपलब्ध गराउन सदैब प्रतिबद्ध रहेको उनले बताए । एरो ब्रिक्स कम्पनीले एरोलाइट ब्राण्डमा एसिसी ब्लक उत्पादन गर्दै आएको छ ।

You might also like

Comments are closed.