अग्नि आस्थाले पोखराबाट सेवा दिदै

पोखरा । अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्थाले पूर्व–स्वामित्व भएका महिन्द्रा सवारी साधनको खरिद र बिक्रीलाई सहज बनाएको छ । ग्राहकलाई झन्झटरहित कारोबार र उत्कृष्ट सेवा दिन प्रतिबद्ध अग्नि आस्थाले गुणस्तरीय, भरपर्दो र सुविधा रहेको छ ।

काठमाडौं, इटहरी, भरतपुर र भैरहवामा एकैसाथ उद्घाटन गरी सेवा प्रदान गरेको अग्नि ग्रुपले पोखरामा पनि शोरूम स्थापना गरेको छ । कम्पनीले चाँडै नै देशका अन्य स्थानमा आफ्नो शाखा विस्तार गर्ने योजना पनि बनाएको छ । नेपाली बजारको इतिहासमा बिक्री, सेवा र स्पेयर पाट्र्स सुविधाको अवधारणासहित प्रमाणिकरणयुक्त (सर्टिफाइडड) प्रयोग गरिएको सवारी साधन ल्याइएको यो पहिलोपटक हो ।

ग्राहकले नेपाली बजारमा प्रमाणित प्रयोग भइसकेका महिन्द्रा सवारी साधनहरू खरिद गर्न सक्नेछन् । सवारीहरू प्रयोग भइसकेका भएपनि यसलाई नयाँ अवस्थामा जस्तै उपलब्ध गराउने कम्पनीले जनाएको छ । महिन्द्राका प्रयोग भइसकेका युटिलिटी सवारी साधनहरू, एसयूभी, पिकअपमा कम्पनी मुख्य रूपमा केन्द्रित देखिएको छ ।

ग्राहकलाई झन्झटरहित कारोबार र उत्कृष्ट सेवा दिन प्रतिबद्धता जनाउँदै अग्नि आस्थाले गुणस्तरीय, भरपर्दो र सुविधाजनक सेवा सुनिश्चित गर्ने बताएको छ । अग्नि आस्था आधिकारिक महिन्द्रा सेवा केन्द्र भएको हुँदा यहाँबाट बिक्री गरिने प्रत्येक सवारीसाधन उच्च गुणस्तरका मापदण्डहरू अनुरूप परीक्षण गरिने कम्पनीले जनाएको छ ।

ग्राहकहले गाडी खरिद गर्दा थप वारेन्टी, निःशुल्क सर्भिसिङ्ग, सजिलो फाइनान्सिङ्ग सुविधा, दक्ष प्राविधिकद्वारा २०० पोइन्ट परीक्षण, मिटर छेडछाड नगरिएको र जेन्युन स्पेयर पाट्र्सको प्रयोग गरिएको नयाँ जस्तै गाडी प्राप्त गर्न सकिने कम्पनीले विश्वास तुल्याएको छ । अग्नि आस्थामा गाडी बिक्रि गर्दा उत्कृष्ट मूल्यांकन, वैज्ञानिक विधिबाट मूल्य निर्धारण, छिटो भुक्तानी र झन्झटरहित प्रोसेसिङ्ग हुने दाबी गरिएको छ ।

विश्वास र उत्कृष्टताको पहिचान बोकेको अग्नि आस्था, नेपालभरका महिन्द्रा ग्राहकहरूका लागि पूर्व–स्वामित्व सवारीसाधन कारोबारलाई अझ सहज र सुरक्षित बनाउन प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । खरिद वा बिक्री दुवै गर्दा ग्राहकहरूले यहाँबाट उच्चस्तरीय सेवा र मूल्य प्राप्त गर्न सकिने कम्पनीको भनाई छ । थप जानकारीका लागि नजिकको शाखा भ्रमण गर्न वा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

You might also like

Comments are closed.