काठमाडौं । एयरबस हेलिकप्टरको ‘सुरक्षा तथा समर्थन र सेवाहरू’ सम्बन्धी संगोष्ठीमा काठमाडौंमा भएको छ । हेलिकप्टर सञ्चालनमा सुरक्षा सचेतना र उत्कृष्ट अभ्यासलाई प्रवद्र्धन गर्न कार्यक्रम आयोजना गरिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोगमा एयरबस हेलिकप्टरद्वारा आयोजित एकदिने संगोष्ठीले नियामक निकाय, सञ्चालनकर्ता र सुरक्षा विज्ञलाई दुर्घटना रोकथाम र डेटा–आधारित सुरक्षा प्रणालीमा विचार–विमर्श गर्ने अवसर प्रदान गरेको छ ।
नेपालस्थित फ्रान्सकी राजदूत ह.ई. भर्जिनी कोर्तेवाल र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संयुक्त रूपमा कार्यक्रम उद्घाटन गरेका हुन् । हेड अफ लाइट हेलिकप्टर्स प्रोग्राम जेरोम रोनसिन र दक्षिण एशियाका प्रमुख सनी गुग्लानीले आफ्ना भनाइ राखेका छन् ।
कार्यक्रममा एयरबस हेलिकप्टरकी हेड अफ एभिएशन सेफ्टी एण्ड क्वालिटी फ्लोरेन्स भेरलुटले एयरबसमा डिजाइन र उत्पादनदेखि लिएर मर्मत, पाइलट तालिम र डेटा विश्लेषणसम्म सुरक्षा हरेक निर्णयको केन्द्रमा रहने बताइन् । कार्यक्रममा सहभागीले एयरबसको विश्वव्यापी सुरक्षा दृष्टिकोण, दुर्घटना तथ्याङ्क, सुरक्षा व्यवस्थापन प्रणाली र हेलिकप्टर फ्लाइट डेटा मोनिटरिङ्गबारे सत्रमा भाग लिएका छन् ।
विज्ञहरूले हवाई कार्य सञ्चालन, मर्मत अभ्यास र उच्च तनावपूर्ण परिस्थितिमा निर्णय लिने प्रक्रियाबारे पनि छलफल भएको जनाइएको छ । नेपाली सञ्चालनकर्ताले आफ्ना अनुभव र उत्कृष्ट अभ्यास सम्बन्धमा जानकारी गराएका छन् ।
संगोष्ठीको समापन आगामी वर्षमा विश्वसनीयता र मर्मत सुधार गर्ने एयरबस हेलिकप्टरको योजनासँग सम्बन्धित सत्रका साथ भएको छ । उत्पादन सुरक्षामा थप सुधार ल्याउने रोडम्याप प्रस्तुत भएको छ । कार्यक्रममा नेपालभरका एक सय बढी विमान व्यवसायी र पेशेवरहरू सहभागी थिए ।








Comments are closed.