६ सय थान अक्सिजन सिलिन्डर लिन निगमको जहाज मस्कट जाने, त्यसपछि बेइजिङ

काठमाडौं ।

करिव ६ सय थान अक्सिजन सिलिन्डर लिन नेपाल बायु सेवा निगमको जहाज शनिबार ओमानको राजधानी मस्कट जाने भएको छ । गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दुतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त हुने सिलिन्डर लिन जहाज त्यसतर्फ जाने निगमले जनाएको छ ।

मस्कटबाट फर्केर सोही दिन सांझ चीनको बेइजिङमा संकलिक करिब ४ सय थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिन्डर र अन्य चिकित्सा सामग्री लिन जहाज चीन जाने निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले जानकारी दिए । त्यसपछि सिलिन्डर लिन हरेक दिन बिमान बेइजिङ पठाउने तयारी भएको निगमले जनाएको छ ।

‘अन्यत्र उपलब्ध हुन सक्ने सामानहरु ल्याउन निगमका सबै जहाजहरु तयारी अवस्थामा राखिएको छ ।’

You might also like

Comments are closed.