अक्कू फोरम २०२३ नेपालमा हुने, राष्ट्रिय सहकारी बैंक र अक्कूबीच सम्झौता

काठमाडौं । एसियाली ऋण महासंघ (अक्कू) फोरम २०२३ नेपालमा गर्न राष्ट्रिय सहकारी बैंक र अक्कूबीच सम्झौता भएको छ ।

सोमबार एक कार्यक्रमका बीच राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी.उप्रेती, प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं र एसियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्केले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

फोरम सन् २०२३ को सेप्टेम्बर ११ देखि १७ सम्म काठमाडौंमा हुनेछ । फोरम एसियाली ऋण महासंघ (अक्कू) को आयोजना तथा राष्ट्रिय सहकारी बैंक र बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन नेफ्स्कूनको सह–आयोजनामा हुनेछ ।

२५ भन्दा बढी विदेशी राष्ट्रबाट ३ सय जना र नेपालबाट सय जना गरी ४ सय जना सहकारीकर्मीहरुको सहभागितामा रहने फोरम एसियाली ऋण महासंघको ४२ औं साधारण सभा समेत हुनेछ ।

२०२० मा अक्कू फोरम नेपालमा आयोजना गर्ने घोषणा भएको थियो तर, कोभिड–१९ का कारण स्थगित भयो । फोरममा मानव संशाधन विकास कार्यशाला, सिइओ कार्यशाला, युवा तथा महिला कार्यशालालगायतका हुने छन् ।

सम्झौता कार्यक्रममा बैंकका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उच्च व्यवस्थापनका कर्मचारीहरू र अक्कूका चिफ अफ टेक्निकल अफिसर रञ्जित हित्तराचीेलगायतको उपस्थिति रहेको थियो ।

You might also like

Comments are closed.